क्रोन्स रोगको बारेमा

मुख्य बुँदाहरू

  • आन्द्रा सुन्निने रोग (IBD) का दुई प्रमुख प्रकारहरू मध्ये क्रोन्स रोग एक हो, अर्को अल्सरेटिभ कोलाइटिस हो।
  • क्रोन्स रोगले मुखदेखि मलद्वारसम्म पाचन प्रणालीको कुनै पनि भागलाई असर गर्न सक्छ तर प्रायः सानो आन्द्रालाई असर गर्छ।
  • क्रोन्स रोग आजीवन रहने अवस्था हो जहाँ यस रोगका लक्षणहरू कहिलेकाहीँ तीव्र रुपमा देखिन्छन् भने अन्य समयमा ती लक्षणहरू कत्तिपनि महसुस नहुन पनि सक्छ।
  • क्रोन्सले औसत आयुलाई थोरै मात्र प्रभाव पार्छ र क्रोन्स रोग लागेका धेरैजसो मानिसहरू खुशी र पूरा जीवन बिताउने गर्छन्।

क्रोन्स रोग भनेको के हो?

क्रोन्स रोग एक प्रकारको आन्द्रा सुन्निने (इन्फ्लामेसन) रोग (IBD) हो यसले गर्दा पाचन प्रणालीको कुनैपनि भाग सुन्निन सक्छ।

सुन्निदाखेरी रातो हुने, फुल्ने र दुखाइ हुन सक्छ, र यो शरीरले चोट वा जलन प्रति दिने प्रतिक्रिया हो। रोगका कारणले सुन्निदाखेरी सामान्यतया सानो आन्द्रा र/वा ठूलो आन्द्राको फेदलाई असर गर्छ।

क्रोन्स रोगले आन्द्राको पूर्ण बाक्लोपनलाई असर गर्न सक्छ फलस्वरूप संकुचन (रोकावट) हुन्छ र आन्द्रामा बाधा (अवरोध) पुग्छ वा आन्द्रा बाट छालामा साना प्वालहरू पर्छ (फिस्टुला), आन्द्रा वा अन्य अंगहरूमा गांठो पर्छ, कहिलेकाहीं पिप जम्ने पनि हुन सक्छ।

क्रोन्स रोग लिएर बाँच्नुको अर्थ मेरो लागि के हुन सक्छ?   

क्रोन्स एक दीर्घरोगको अवस्था हो जसको मतलब यो जीवनभर चल्छ। कहिलेकाहीं तपाईंलाई थोरै
वा कुनै लक्षणहरू नदेखिन सक्छन् (निको हुदैँ जाने) र कहिलेकाहीँ लक्षणहरू बढी सक्रिय हुन्छन् (बल्झिने)। केही व्यक्तिहरूमा थोरै बल्झिन सक्छ जबकि अरूलाई क्रोन्स रोगको गम्भीर अवस्था हुन सक्छ।

क्रोन्स रोग लग्नुको कारण के हो?

क्रोन्सको कारण अज्ञात छ तर यो वंशाणुगत र वातावरणले प्रतिरक्षा प्रणालीलाई गर्ने असरसँग सम्बन्धित देखिन्छ।

क्रोन्स रोग लागेका मानिसहरूको पेटको जीवाणुमा पनि परिवर्तन भएको देखिन्छ तर यो परिवर्तन सुन्निनु (इन्फ्लामेसन) का कारणले भएको हो कि होइन भनेर अझै स्पष्ट छैन।

अत्यधिक प्रशोधित खानाहरू जस्तै चिनीयुक्त पेय पदार्थ र फास्ट फूड जस्तो आहारले क्रोन्स रोगको जोखिम बढाउन सक्छ। क्रोन्स संक्रामक होइन।

क्रोन्स रोग (वा अल्सरेटिभ कोलाइटिस) लागेका एक वा दुवै आमाबाबु भएमा त्यस्ता व्यक्तिहरूलाई IBD (आन्द्रा सुन्निने रोग) विकास हुने सम्भावना बढी हुन्छ।

के क्रोन्स रोगको उपचार छ?

क्रोन्स रोगको लागि हाल कुनै उपचार छैन तर औषधि, केही आहार थेरापी र कहिलेकाहीँ शल्यक्रियाले लक्षणहरू कम गर्न सक्छ। क्रोन्सको औसत आयुमा थोरै प्रभाव हुन्छ तर ज्यान-जाने जटिलताहरू निम्तिन सक्छ। क्रोन्स रोग लागेका अधिकांश मानिसहरू खुसी र पूरा जीवन बिताउने गर्छन्।

तपाईंले रोग व्यवस्थापन गर्न सिकेपछि तपाईं संसारभर यात्रा गर्न, स्वस्थ सम्बन्धहरू बनाउन, बाहिर खान, व्यायाम गर्न र तपाईंले मनपर्ने जीवनवृति (करियर) बनाउन सक्षम हुनुहुनेछ। क्रोन्स रोग लाग्नुको मतलब तपाईंले मनपर्ने कुराहरू गर्न छोड्नुपर्छ भन्ने होइन।

Crohn’s & Colitis Australia (CCA)
Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.