क्रोन्स रोगका लक्षणहरु
मुख्य बुँदाहरू
- क्रोन्स रोग लागेका व्यक्तिहरूले एकअर्का भन्दा फरक फरक लक्षणहरू अनुभव गर्न सक्छन्।
- क्रोन्स रोगका लक्षणहरूमा प्रायः पेट दुख्ने, पखाला लाग्ने र सामान्यतया अस्वस्थ महसुस हुन्छ।
- पेट सुन्निदा तपाईंको शरीरका विभिन्न भागहरूलाई असर पार्ने लक्षणहरू देखिन सक्छ त्यसैले यसको बारेमा तपाईंको डाक्टरसँग कुरा गर्नु उपयोगी हुन सक्छ।
क्रोन्स रोगका लक्षणहरू के हुन्?
क्रोन्स रोगका लक्षणहरू प्रत्येक व्यक्तिमा फरक फरक हुन सक्छन् र यी गम्भीर वा हल्का हुन सक्छन्। लक्षणहरू तपाईंको पेटमा कहाँ सुन्निएको छ भन्ने कुरामा निर्भर हुनेछ।
बल्झिने बेलाका धेरैजसो देखिने सामान्य लक्षणहरू निम्न हुन्:
- पेट दुख्ने
- बारम्बार पखाला लाग्ने (कहिलेकाहीँ म्यूकस र रगत मिसिएको) र शौचालय प्रयोग गर्न आवश्यक पर्ने
- थकान, थकावट
- तापक्रम बढ्ने, ज्वरो आउने
- भोक नलाग्ने, तौल घट्ने
- रक्तअल्पता (रक्त कोशिकाहरू कम हुने)
पेट सुन्निदा शरीरले खानाबाट पोषक तत्वहरू लिन गाह्रो हुन सक्छ, जसले गर्दा यस्ता धेरै लक्षणहरू निम्त्याउँछ।
बल्झिने बेलाका कम देखिने सामान्य लक्षणहरू निम्न हुन्:
- जोर्नी दुख्ने
- मुखको अल्सर (घाउ)
- आँखा सुन्निने (uveitis and episcleritis)
- कलेजो सुन्निने (प्राइमेरी स्क्लेरोसिंग कोलांजाइटिस (PSC))
- छाला रातो हुने
यदि तपाईं आफ्नो कुनै पनि लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने सधैं आफ्नो डाक्टरलाई सोध्नुहोस्।