अल्सरेटिभ कोलाइटिसका लक्षणहरू
मुख्य बुँदाहरू
- अल्सरेटिभ कोलाइटिस भएका व्यक्तिहरूले एकअर्का भन्दा फरक लक्षणहरू अनुभव गर्न सक्छन्।
- अल्सरेटिभ कोलाइटिसका सामान्य लक्षणहरूमा प्रायः पेट दुख्ने, बारम्बार पखाला लाग्ने, दिसा बाट रगत बग्ने र सामान्यतया अस्वस्थ महसुस हुने जस्ता कुरा समावेश छन्।
- पेट सुन्निदा तपाईंको शरीरका विभिन्न भागहरूलाई असर पार्ने लक्षणहरू देखिन सक्छ। त्यसैले यसको बारेमा तपाईंको डाक्टरसँग कुरा गर्न उपयोगी हुन सक्छ।
अल्सरेटिभ कोलाइटिसका लक्षणहरू के हुन्?
अल्सरेटिभ कोलाइटिसका लक्षणहरू प्रत्येक व्यक्तिमा फरक फरक हुन सक्छन् र यी गम्भीर वा हल्का हुन सक्छन्। लक्षणहरू ठूलो आन्द्राको कति भाग सुन्निएको छ र सुन्निएको अवस्था कस्तो छ भन्ने कुरामा निर्भर गर्दछ।
बल्झिने बेलाका धेरैजसो देखिने सामान्य लक्षणहरू निम्न हुन्:
- पेट दुख्ने
- बारम्बार पखाला लाग्ने (कहिलेकाहीँ म्यूकस र रगत मिसिएको) र शौचालय प्रयोग गर्न आवश्यक पर्ने
- थकान, थकावट
- तापक्रम बढ्ने, ज्वरो आउने
- भोक नलाग्ने, तौल घट्ने
- रक्तअल्पता (रक्त कोशिकाहरू कम हुने)
बल्झिने बेलाका कम देखिने सामान्य लक्षणहरू निम्न हुन्:
- जोर्नी दुख्ने
- मुखको अल्सर (घाउ)
- आँखा सुन्निने (uveitis and episcleritis)
- कलेजो सुन्निने (प्राइमेरी स्क्लेरोसिंग कोलांजाइटिस (PSC))
- छाला रातो हुने
- कपाल झर्ने
यदि तपाईं आफ्नो कुनै पनि लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने सधैं आफ्नो डाक्टरलाई सोध्नुहोस्।