अल्सरेटिभ कोलाइटिसको बारेमा

मुख्य बुँदाहरू  

  • आन्द्रा सुन्निने रोग (IBD) का दुई प्रमुख प्रकारहरू मध्ये अल्सरेटिभ कोलाइटिस एक हो, अर्को क्रोन्स रोग हो।
  • अल्सरेटिभ कोलाइटिसले ठूलो आन्द्रा (कोलोन र रेक्टम) को भित्री सतह (एपिथेलियम) लाई असर गर्छ।
  • अल्सरेटिभ कोलाइटिस एक आजीवन रहने अवस्था हो जहाँ रोगका लक्षणहरू कहिलेकाहीं देखा पर्न सक्छन् (बल्झिने) भने अन्य समयमा कुनै पनि लक्षणहरू देखा नपर्न सक्छन् (निको हुदैँ जाने)।
  • अल्सरेटिभ कोलाइटिसले औसत आयुलाई थोरै मात्र प्रभाव पार्छ र अल्सरेटिभ कोलाइटिस भएका धेरैजसो मानिसहरू खुशी र पूरा जीवन बिताउने गर्छन्।

अल्सरेटिभ कोलाइटिस भनेको के हो?

Stomach

अल्सरेटिभ कोलाइटिस एक प्रकारको आन्द्रा सुन्निने रोग (IBD) हो जहाँ ठूलो आन्द्रा (कोलोन र रेक्टम) सुन्निने गर्छ (इन्फ्लामेसन) र अल्सर हुन सक्छ। सुन्निदाखेरी रातो हुने, फुल्ने र दुखाइ हुन सक्छ, र यो शरीरले चोट वा जलन प्रति दिने प्रतिक्रिया हो। आन्द्राको भित्री सतहमा अल्सर (घाउ) पनि बढ्दै जान्छ जसले गर्दा रगत बग्न र पीप निस्किन सक्छ।

सुन्निनेक्रम प्राय जसो मलाशय बाट शुरु हुन्छ र ठूलो आन्द्रा तिर विस्तारै बढ्दै जान सक्छ चाहे यो पहिलो पटक विकास हुँदा वा कहिलेकाहीँ समय संगै  विस्तार हुँदा होस्।

अल्सरेटिभ कोलाइटिस लिएर बाँच्नुको अर्थ मेरो लागि के हुन सक्छ?

अल्सरेटिभ कोलाइटिस एक दीर्घरोगको अवस्था हो जसको मतलब यो जीवनभर चल्छ। कहिलेकाहीं तपाईंलाई थोरै वा कुनै लक्षणहरू नदेखिन सक्छन् (निको हुदैँ जाने) र कहिलेकाहीँ लक्षणहरू बढी सक्रिय हुन्छन् (बल्झिने)। केही व्यक्तिहरूमा थोरै बल्झिन सक्छ जबकि अरूलाई अल्सरेटिभ कोलाइटिसको गम्भीर अवस्था हुन सक्छ वा लक्षणहरू देखापरिरहन सक्छ।

अल्सरेटिभ कोलाइटिस हुनुको कारण के हो?

अल्सरेटिभ कोलाइटिस हुनुको कारण अज्ञात छ तर यो वंशाणुगत र वातावरणले प्रतिरक्षा प्रणालीलाई गर्ने असरसँग सम्बन्धित देखिन्छ। अल्सरेटिभ कोलाइटिस संक्रामक होइन।

अल्सरेटिभ कोलाइटिस भएका मानिसहरूको पेटको जीवाणुमा पनि परिवर्तन भएको देखिन्छ तर यो परिवर्तन सुन्निनु (इन्फ्लामेसन) का कारणले भएको हो कि होइन भनेर अझै स्पष्ट छैन।

निश्चित जीनहरूले गर्दा मानिसहरूमा अल्सरेटिभ कोलाइटिसको विकास हुने सम्भावना बढी बनाउँदछ र वातावरणको कुनै चीजले यसलाई सुरु गराउन वा सक्रिय बनाउन सक्छ। यो रोगको विकास हुनुमा कुन वातावरणीय अवस्थाहरू जोखिम कारक हुन् भनेर पत्ता लगाउन अनुसन्धान जारी छ। उदाहरणको लागि, अल्सरेटिभ कोलाइटिस धुम्रपान नगर्ने वा पूर्व धुम्रपान गर्नेहरूमा सामान्यतया बढी देखिन्छ तर यसको कारण अज्ञात छ।

अल्सरेटिभ कोलाइटिस (वा क्रोन्स रोग) भएका एक वा दुवै आमाबाबु भएमा त्यस्ता व्यक्तिहरूलाई IBD (आन्द्रा सुन्निने रोग) विकास हुने सम्भावना बढी हुन्छ।

के अल्सरेटिभ कोलाइटिसको उपचार छ?

हाल अल्सरेटिभ कोलाइटिसको कुनै उपचार छैन, तर यसलाई औषधि र/वा शल्यक्रियाद्वारा उपचार र व्यवस्थापन गर्न सकिन्छ।

आहार र व्यायाम जस्ता जीवनशैलीका तत्वहरूले पनि यो रोगको गतिविधि कम गर्न मद्दत गर्न सक्छ। अल्सरेटिभ कोलाइटिसले औसत आयुलाई थोरै मात्र प्रभाव पार्छ र अल्सरेटिभ कोलाइटिस भएका धेरैजसो मानिसहरू खुशी र पूरा जीवन बिताउने गर्छन्।

तपाईंले रोग व्यवस्थापन गर्न सिकेपछि तपाईं संसारभर यात्रा गर्न, स्वस्थ सम्बन्धहरू बनाउन, बाहिर खान, व्यायाम गर्न र तपाईंले मनपर्ने जीवनवृति (करियर) बनाउन सक्षम हुनुहुनेछ। अल्सरेटिभ कोलाइटिस हुनुको मतलब तपाईंले मनपर्ने कुराहरू गर्न छोड्नुपर्छ भन्ने होइन।

Crohn’s & Colitis Australia (CCA)
Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.